एभरेष्ट बैैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
७ आश्विन २०७९, शुक्रबार १३:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो ।
बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
सूचीकृतपश्चात उक्त ऋणपत्र आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।













