रुरु जलविद्युत कम्पनीद्धारा १० प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । रुरु जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा आह्वान गरेको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने छन् ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २७ गते शेयरधनी किताब बन्द गर्ने भएकोले असोज २६ गतसम्म कायम शेयरधनीले प्रतावित लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।













