इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त
९ आश्विन २०७९, आईतवार ११:०३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रदिप नरसिंह रायमाझीको कार्यकाल समाप्त भएको छ ।
रायमाझीको चारवर्षे स्वतन्त्र संचालक पदावधि यहि असोज ७ गते समाप्त भएको हुँदा संस्थाको संचालक समितिको असोज ७ गते नै बसेको बैठकले उक्त रिक्त पदमा महेश्वर प्रसाद जोशीलाई नियुक्त गरेको छ ।












