बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
९ आश्विन २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले घटेर १८१५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेसँगै शेयरबजारमा आज एक अर्बको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक लक्ष्मी बैंकको सर्वाधिक २६ करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली पावरको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













