यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
९ आश्विन २०७९, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजार घट्दा तेहथुम पावर कम्पनीको ७।९० प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।
त्यस्तै, कुुमारी धनगडी योजनाको ७, सामुदायिक लघुवित्तको ६।६५, नेपाल इन्फ्रास्टक्चर बैंकको ६।४१ र बुद्ध भुुमी नेपाल हाईड्रोपावर कम्पनीको ५।७४ अंकले शेयर मूल्य घटेको छ ।













