एनआईबिएल प्रगति फण्डद्धारा नगद लाभांश वितरण

१० आश्विन २०७९, सोमबार १०:०५

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेका छन् । फण्डले आर्थिक वर्ष २०७८र७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।

उक्त नगद लाभांश आइतवार देखि इकाईधनीले उल्लेख गरेको बैंक खातामा जम्मा भएको छ । फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरूले आफ्नो खाता नं। अद्यावधिक गराउन आग्रह गरेको छ । साथै आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*