आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने

१० आश्विन २०७९, सोमबार १०:१४

काठमाडौं। आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा प्रदान गर्ने गरी कुमारी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

असोज ९ गते कुमारी क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपालका तर्फबाट अध्यक्ष कृष्णप्रसाद बजगाँईले उक्त सेवाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इजराइलबाट कृषिसम्बन्धी सीप तथा तालिम प्राप्त गरी स्वदेश फर्किएका युवाहरूको अगुवाइमा यो कम्पनी स्थापना भएको हो । एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायत कार्यहरू गर्ने मुख्य उद्देश्यका साथ कम्पनी सञ्चालन भइरहेको छ ।

साथै कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसी एग्रो प्रा। लि। मार्फत कृषकहरूलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिँचाइ प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरू आपूर्ति समेत गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*