कुमारी क्यापिटलका दुबै फण्डको न्याभ घट्यो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरणअनुसार सो अवधिसम्म दुबै फण्डको प्रति इकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म कुमारी इक्वीटी धनबृद्धि योजनाको न्याभ १० रुपैयाँ २ पैसा रहेको छ । अघिल्लो महिना साउनसम्म सो फण्डको न्याभ १० रुपैयाँ ४ पैसा रहेको थियो साथै कुमारी इक्वीटी फण्डको न्याभ पनि भदौ मसान्तसम्म १० रुपैयाँ ४६ पैसाबाट घटेर १० रुपैयाँ २८ पैसा पुगेको छ ।
दुबै फण्डको न्याभ घटेसँगै दुबै फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । यता कुमारी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी ४७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५१ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी धनबृद्धि योजनाको पनि यस्तो लगानी १३ करोड २४ लाख रुपैयाँबाट बढेर २८ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।












