रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

११ आश्विन २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । बैंकहरुको ब्याजदर घटाउने विषयले आज शेयरबजारमा एकाएक १५ अंकको सुधार देखिएको छ ।

नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार बढ्दा आज ६६ करोडको कारोबार भएको छ । अघिल्ला दिनहरुमा शेयरबजार घटेसँगै लगानीकर्ताहरुको उत्साह घट्न पुगेकाले आज पुँजीबजारमा कारोबार ६६ करोडमा खुम्चिन पुगेको हो ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक रिडी हाइड्रोपावरको २ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड ६१ लाख, सामलिङ पावरको २ करोड २६ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख र हिमालयन डिस्टिलरीको १ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*