सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ घट्यो

१२ आश्विन २०७९, बुधबार १०:१५

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ९न्याभ० भदौ मसान्तमा १ रुपैयाँ ४२ पैसाले घटेर ९ रुपैयाँ ६० पैसा कायम भएको छ ।
साउन मसान्तसम्म यस फन्डको न्याभ ११ रुपैयाँ २ पैसा रहेको छ । यस फन्डले भदौ मसान्तसम्म ९३ करोड १७ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । साउनमा यसले १ अर्ब १ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले भदौसम्म कुल ७७ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । भदौसम्म यस फन्डको बैंक मौज्दात घटेर ७ करोड २ लाख १८ हजार रुपैयाँमा झरेको छ । साउनमा यसको बैंक मौज्दातमा १५ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*