छिमेक लघुवित्तद्धारा शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह
१२ आश्विन २०७९, बुधबार १०:३९

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दैै आर्थिक वर्ष २०६९।७० देखि आव २०७७।०७८ सम्ममा पारित भएका नगद लाभांश हालसम्म पनि शेयरधनीहरुले लिन नआएकोले उक्त शेयर बुझिलिन आग्रह गरेको हो ।
लघुवित्तले आव २०६९।७० देखि २०७२।७३ सम्मको नगद लाभांश ३० दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै लघुवित्तले आर्थिक वर्ष २०७३।७४ देखि आव २०७७।०७८ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु संस्थाको शेयर रजिष्ट्रार कार्यालय एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।













