नेपाल बैंकद्धारा गुलरिया शाखा प्रबन्धकलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखा प्रबन्धक पदमा कार्यरत निलम्बित एक कर्मचारीसँग स्पटीकरण मागेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै बैंकको नीति नियम विपरीत कार्य गरी व्यक्तिगत लाभ लिएको देखिन आएको सम्बन्धमा कालीकोट जिल्ला, नीलगुफा नगरपालिका वडा नं. ५ का धवेन्द्र न्यौपानेसँग १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।
बैंकको वीरेन्द्रनगर तथा गुलरिया शाखामा कार्यरत रहँदा बैंकको नीति नियम विपरीत अनियमित कार्य गरी व्यक्तिगत लाभ लिएको र बैंक तथा ग्राहकलाई हानि नोक्सानी पुर्याएको देखिन आएको सम्बन्धमा नेपाल बैंक कर्मचारी सेवा विनियमावली २०७९ को विनिमय १३७ को उपविनिमय (१) बमोजिम १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।
साथै निजले १५ दिनभित्र स्पष्टीकरण पेस नगरेमा ऐन विनियमावलीको विनिमय १३७ को उपविनिमय (३) बमोजिमको अधिकारी प्रयोग गरी बैंकले विभागीय कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।













