सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता शेयर बिक्रीमा

१२ आश्विन २०७९, बुधबार ११:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी नवराज बजगाईले आफ्नो नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*