यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१२ आश्विन २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेपनि आज कारोबार भने जम्मा ४८ करोड रुपैयाँको मात्रै भएको छ । नेपालीहरुको महान पर्व बडादशैं नजिकिँदै गर्दा अधिकांश लगानीकर्ताहरुले शेयर किनबेच नगरेको आजको मार्केट डेप्थले देखाएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेशनल मााइक्रोफाइनान्स लुघवित्तको प्रोमोटर शेयरको ४ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको २ करोड ६९ लाख, रिडी हाइड्रोपावरको २ करोड ४ लाख, हिमालयन डिस्टिलरीको १ करोड ४४ लाख र एनटिसीको १ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*