मन्दाकिनी हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य बढ्यो
१२ आश्विन २०७९, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज शेयरबजारमा सर्वाधिक कमाउने कम्पनीमा मन्दाकिनी हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य आज ९.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, अभियान लघुवित्तको ८.१९ प्रतिशत, सर्पोट लघुवित्तको ७.८० प्रतिशत, न्यादी हाइड्रोपावरको ५.३९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको ४.२३ प्रतिशतले बढेको छ ।













