शेयरबजारमा झिनो अंकको सुधार, लगानीकर्ता निरुत्साही हुँदा ४८ करोडमा खुम्चियो कारोबार

काठमाडौं । बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । केहीदिनयता बैंकहरुको ब्याजदरले प्रभावित बनेको शेयरबजार बैंकहरुको ब्याजदर घटाउने कमिटी बन्ने भएसँगै मंगलबार र बुधबार एकाएक शेयरबजारमा सुधार देखिन पुगेको हो ।
आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । लगानीकर्ताहरुमा निराशापन बढेसँगै शेयरबजारमा कारोबार रकम घट्दै गइरहेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड, फाइनान्स र अन्य सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज लघुवित्त सूचक ०.९६ प्रतिशतले बढेको छ ।












