भुजुङ हाइड्रोपावरले पौने ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५% अर्थात ५.८५ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।












