माहालक्ष्मी विकास बैंकको शेयर बिक्रीमा
१३ आश्विन २०७९, बिहीबार १०:३१

काठमाडौं । माहालक्ष्मी विकास बैैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले ७ हजार ७ सय ४३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्गमा आवेदन दिन आग्रह गरेको हो ।












