दशैं बिदामा सनराइज बैंकको ३९ शाखा कार्यालय खुल्ने

१३ आश्विन २०७९, बिहीबार ११:०८

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा सनराइज बैंक लिमिटेडले आफ्ना केही सीमित शाखा कार्यालयबाट बैकिङ्ग सुविधा दिने भएको छ । बैंकले दशैंमा हुने एक साता विदामा आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिने हेतुले केही सीमित शाखाहरु संचालनमा ल्याउन लागेको हो ।

जसमा बैंकले प्रदेश १ अन्तर्गत ९ वटा शाखा कार्यालय, मधेश प्रदेशमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय, गण्डकी प्रदेशमा ५ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशमा ९ वटा शाखा कार्यालय, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय खुल्ला रहने जनाएको छ ।

 

No photo description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*