महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महाबचत खाता’मा उच्चतम ब्याजदर
१३ आश्विन २०७९, बिहीबार ११:२२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले उच्चतम ब्याजदरको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो ।
बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकका अुनसार ५ सय रुपैइाँमा खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।












