दिगो विकासमा महिला उद्यमशीलतालाई नबिल बैंकको साथ

१६ आश्विन २०७९, आईतवार १२:००

काठमाडौं । दिगो विकास महिला उद्यमशीलतालाई नबिल बैंकले साथ दिएको छ । बैंकले नेपाली महिलाहरूले स्वदेशमा उत्पादन गरेको सामग्री खरिद गरेर साथ दिएका हो ।

शुक्रबार नबिल बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा नेपाली महिलाहरूले उत्पादन गरेको सामग्री प्रर्दशन गरेको हो । प्रर्दशनमा नेपाली महिलाहरूले उत्पादन गरेका ब्याग, कटनको कपडा, विभिन्न जिल्लामा उत्पादित खाद्य सामग्री, अचार, तयारी पोसाक, हाते झोला, मह लगायत कृषि उपजको प्रदर्शनी गरिएको हो ।

मेलामा नबिल बैंकका कर्मचारीहरूले नेपाली उत्पादनहरूलाई खरिद तथा अवलोकन गरेका थिए । नबिल बैंकले स्वदेशी सामग्रीको प्रचार–प्रसार तथा उपयोगमा जोड दिँदैं आएको छ । मेलामा स्वदेशी कच्चा पदार्थबाट निर्मित विभिन्न सामाग्रीको प्रर्दशन गरिएको हो । नबिल बैंकले आफ्ना कर्मचारीहरु समेतलाई स्वदेशी सामाग्रीको प्रयोग गर्न प्रेरणा दिँदैं आएको छ । शुक्रबारको मेलामा पनि बैंकका कर्मचारीहरूले सामग्री खरिद गरेर सहयोग गरेका हुन् ।

विदेशी सामाग्रीलाई प्रचार प्रसार गर्न महिला उद्यमी महासंघले सामूहिक रुपमा प्रयास गर्दै आएका छन् । महासंघले बैंकसँग मिलेर मेलाको आयोजना गरेको हो । बैंकका कर्मचारीका लागि मात्रै लक्षित गरेर कार्यक्रम आयोजना गरिएको महासंघकी सदस्य मल्लिका श्रेष्ठले जानकारी दिइन् । बैंकसँग मिलेर अझ ठूलो मेलाको आयोजना गर्ने तयारी रहेको सदस्य श्रेष्ठले बताइन् ।

मेलामा नबिल बैंकले स्वदेशी उत्पादनमा सहयोग गरेको प्रति श्रेष्ठले खुसी समेत व्यक्त गरिन् । श्रेष्ठले भनिन्, ‘नबिल बैंकले हाम्रो अभियानलाई जुन रुपमा सहयोग गरेको छ, यसमा हामी खुसी छौं, अन्य संस्थाले पनि यसरी नै सहयोग गरे नेपाली उत्पादन प्रत्येक घरघरमै पुग्ने थियो ।’

मेला बैंकका कर्मचारीदेखि सर्वसाधरण सम्मले अवलोलन गरेका थिए । बैंकसँगको सहकार्यमा महासंघले पहिलो पटक मेला आयोजना गरेको हो । अर्को पटक बैंकसँगको सहकार्यमा ठूलो मेलाको आयोजना गर्ने महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*