प्रभु बैंकका ग्राहकलाई होटेल गाउँबेसीमा आकर्षक छुट

१६ आश्विन २०७९, आईतवार १३:४०

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसी प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट वालिङ शाखा कार्यालय प्रमुख सन्तोषकुमार पौडेल र होटेल गाउँबेसीका तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल गाउँबेसीद्वारा सञ्चालित फुड र वेभरेज’ सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौताअन्तर्गत होटेल गाउँबेसीमा छुट सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*