माछापुच्छ्रे बैंकको २२ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न,उत्कृष्ट कर्मचारीलाई सम्मान

१७ आश्विन २०७९, सोमबार १५:४९

काठमाडौं । माछापुच्छ्रे बैंकले संचालनमा आएको २२ बर्ष पुरा गरि २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकलाई उपहारको बहार दिएको छ। यस अवसरमा आज बैंकले एक कार्यक्रम गरि आफ्ना कर्मचारीलाई सम्मान गर्नुका साथै ग्राहकहरुका लागि नयाँ योजना पनि सार्वजनिक गरेको हो।

बैँकले २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो। बैंकका अध्यक्ष डा विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।

साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरे ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न क्यास ब्याक तथा छुट अफर ल्याएको समेत जानकारी दिएको छ।अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डुबाट बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ छुट पाउनेछन्। यसैगरी एमबिएल एम स्मार्टमार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै एमबिएल एम स्मार्टमार्फत ९ असोज २०७९ देखि २० असोज २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २ सय २२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेकोमा २२ प्रतिशत वा अधिकतम २२२ रुपैयाँसम्म छुट पाइनेछ। दशमीका दिनसम्म सीजी डिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०५ वा अधिकतम १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने बताइएको छ।

बैंकले हाल एकसय ६५ वटा शाखाहरु लगायत एकसय ७४ शाखा रहित बैंकिङ, १० वटा एक्स्टेन्सन काउण्टर गरी जम्मा तीनसय ४९ स्थानबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।बैंकका देशभर २०५ वटा एटीएमहरु छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*