नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

२३ आश्विन २०७९, आईतवार १३:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ंले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हाल डिप्रोक्स लघुवित्तको चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*