हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् दशैंपछि शेयरबजारमा सर्वाधिक कारोबार भएका टप कम्पनी
२३ आश्विन २०७९, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन अर्थात् बडादशैंपछिको शेयरकारोबारको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । दशैं अगाडि घट्न पुगेको नेप्से सूचक आज ४४ अंकले बढेर १८९८ विन्दु्मा पुगेको छ ।
शेयरबजार बढेपनि कारोबारमा भने खासै रौनकता देखिएको छैन । आज शेयरबजारमा जम्मा ८३ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक सप्ताकोशी हिमालयन एरभेष्ट इन्स्योरेन्सको २२ करोड ६८ लाख ८१ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख, अपि पावरको १ करोड ८९ लाख र शिवम् सिमेन्ट्सको १ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













