सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट, अधिंकाश विकास बैंकको शेयरमा उछाल
२३ आश्विन २०७९, आईतवार १५:०६

काठमाडौं । दशैंपछि कारोबार संचालनमा आएको शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ४४ दशमलव ६२ अंकले बढ्दा १८९८।३८ को विन्दुमा कायम भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयर ९।९५ अंकले बढेको छ । त्यस्तै, उपकार लघुवित्तको शेयर ९।८४ अंकले बढेको छ ।
गृहेश्वरी मर्चेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमा उछाल आएको छ।
share












