दशैंपछि शेयरबजारमा छायो हरियाली, नेप्से ४४ अंकले बढ्दा सबै उपसूचक बृद्धि
२३ आश्विन २०७९, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन अर्थात् बडादशैंपछिको शेयरकारोबारको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । दशैअघिसम्म उतारचढावकाबीच घट्न पुगेको नेप्से परिसूचक आज ४४.६२ अंकले बढेर १८९८ विन्दु्मा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक विकास बैंक र वित्त समूह आज चम्किएका छन् । वित्त सूचक ४.६९ प्रतिशतले बढ्दा विकास बैंक सूचक ४.५ प्रतिशतले बढेको छ ।












