चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण

२३ आश्विन २०७९, आईतवार १८:३२

काठमाडौं। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य राखेको छ।

हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड द रोड टु रिसिलियन्स’ प्रतिवेदनमा विश्व बैंकले यो वर्षको आर्थिक वृद्धिदर औसत ५।८ प्रतिशत हुने अनुमान गरेको हो। यो गत जुनमा विश्व बैंकले नै गरेको प्रक्षेपणको तुलनामा १ प्रतिशत विन्दुले कम हो।

नेपालको पर्यटन क्षेत्रमा आउने सुधार र जलविद्युत् उत्पादनमा हुने वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिदर पनि अर्थतन्त्र बलियो हुने विश्व बैंकको प्रक्षेपण छ। यद्यपि आगामी आर्थिक वर्षमा भने आर्थिक वृद्धिदर ४।९ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*