नारायणी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

२४ आश्विन २०७९, सोमबार १०:३७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको २२ हजार ८१४ कित्ता शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, रत्ननगर –१ टाँडी, चितवनमा आफुले खरिद गर्न चाहाने कित्ता संख्या खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*