सूर्याेदय वोमी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

२४ आश्विन २०७९, सोमबार १०:४८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

संस्थाले सहायक प्रबन्धक पदमा १ जना र अधिकृत, सुुपरभाइजर, वरिष्ठ सहायक, सहायक लगायत प्रशिक्षार्थि सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुको लागि आवेदकले एसएलसी पास देखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक आवेदकले संस्थाको तोकिएको ढाँचामा आवेदन फारम सहित बाँयोडाटा लगायतका अन्य आवश्यक कागजात संकलन गरी कात्तिक १६ गतेसम्ममा कार्यालय समय भित्र सुुचनाको निर्देशनअनुसार उल्लेखित स्थानमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*