मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद जारी गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत

२४ आश्विन २०७९, सोमबार ११:३७

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराएको सूचनामा कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो ।

कम्पनीको गत असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजीको ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ को अनुपातमा अर्थात् ३५ प्रतिशत हकप्रद जारी गरी चुक्तापुँजी बृद्धि गर्न सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंक समक्ष स्वीकृत माग गरेकोमो नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो ।

राष्ट्र बैंकको स्वीकृत अनुसार संस्थाको वार्षिक साधारण सभाबाट हकप्रद शेयर जारी गर्नें प्रस्ताव पारित भएपश्चात् उल्लेखित हकप्रद निष्काशन गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*