यी हुन् सोमबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
२४ आश्विन २०७९, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४४ अंकले बढेको नेप्से परिसूचक आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेपनि आज हिजोको तुलनामा कारोबार रकम केही बढ्न पुगेको छ । आज शेयरबजारमा ९७ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको १६ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको प्रोमोटर शेयरको ६ करोड ६ लाख, नबिल बैंकको ४ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ५८ लाख, लुम्बिनी विकास बैंकको २ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













