अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२४ आश्विन २०७९, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन २७।१६ अंकले घट्दा १८७१।२२ को विन्दुमा कायम भएको छ । हिजो उकालो लागेको शेयर बजारमा आज ओरालो लागेको हो । दशैंपछि खुलेको शेयर बजारमा रौनकता छाएपनि दोस्रो दिनमा भने ओरालो यात्रामा देखिएको छ ।
आज अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनएमबि हाईब्रिड फण्डक, ग्लोबल आइएमई ब्यालेनस फण्ड, एनआईसी एशियाको फेल्क्सी क्याप फण्ड, उन्नती सहकार्य, नबिल ब्यालेन्स फण्ड २, मेगा म्युचुअल फण्ड १, ओरियन्टल होटल, एनएमबि ५० र स्रागिला डेभलपमेन्ट बैंकको शेयरमा सुधार देखिएको छ ।













