राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

२५ आश्विन २०७९, मंगलवार ०६:३०

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज ५ गतदेखि कम्पनीले निष्काशन गरेको उक्त हकप्रदमा आज बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ १।४७५२ १ः४७५२ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले बिक्री प्रबन्धकको प्रधान कार्यालय, नारायणचौर, नक्साल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*