सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन गर्ने

२५ आश्विन २०७९, मंगलवार १०:३०

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले सानिमा ग्रोथ फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले यहि कात्तिक १६ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । यो फण्ड एक बन्दमुखि योजना हो ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भन २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सो इकाईका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति कात्तिक ३० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*