सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
२५ आश्विन २०७९, मंगलवार १०:३४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज एक सुचना प्रकाशित गर्दै सो कुरा जानकारी गराएको हो ।
बैंकका शेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीको लागि निवेदन दिए बमोजिम उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूूचना प्रकाशित मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन दिज सक्नेछन् ।












