युनिलिभर नेपालद्धारा लाभांश जम्मा गर्न शेयरधनीलाई खाता अद्यावधिक गराउन अनुरोध

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश जम्मा गर्न आफ्ना शेयरधनीहरुलाई खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरी डिम्याट खातामा लिंक रहेको बैंक खाता अद्यावधिक गराउन भनेको हो ।
कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम मार्फत रकम भुक्तानी गर्नका लागि शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।
साथै कम्पनीका अनुसार सो लाभांश प्राप्त गर्न हालसम्म पनि भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउनुपर्नेछ ।
यसका लागि सम्बन्धित शेयरधनी तथा हितग्राही खाता नभएका शेयरधनीहरुले शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी वा अन्य कुनै पनि निक्षेप सदस्यमा हितग्राही खाता खोली बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ ।












