ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल नियुक्त

२५ आश्विन २०७९, मंगलवार १७:४८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रममा कम्पनीका सञ्चालक मनोजकुमार खड्का, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको समेत उपस्थिति थियो ।

दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै कम्पनीले थप नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*