सिभिल बैंकद्धारा पुरानो लाभांश बुझिलिन अनुरोध
२६ आश्विन २०७९, बुधबार ११:१७

काठमाडौं । सिभिल बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स लिमिटेडका लिन बाँकी रहेको लाभांश बुझिलिन अनुरोध गरेको हो ।
बैंकले सम्बन्धित शेयरधनीहरुलाई विगत ५ वर्ष भन्दा पहिलादेखिको नगद लाभांश संकलन गर्न बाँकी रहेकाले उक्त लाभांशहरु बैंकको शेयर रजिष्ट्रार कार्यालय सिभिल क्यापिटल मार्केट लि.को कार्यालय सिभिल ट्रेड सुन्धारा काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै ३० दिनभित्र उक्त रकम भुक्तानी नभएको खण्डमा सो लाभांश रकम कम्पनी ऐन अनुसार लगानीकर्ता सुरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।












