नबिल इन्भेष्टमेन्टका दुई फण्डद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले दुई फण्डको इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नबिल इक्वीटी फण्डले ५ प्रतिशतका दरले हुन आउने ६ करोड २५ लाख रुपैयाँ (कर सहित) नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।
त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड–२ ले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई ७ प्रतिशतका दरले हुन आउने रकम ७ करोड ८४ लाख रुपैयाँ (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त योजनाहरुले योजनाको इकाईधनी दर्ता पुस्तिका (बुकक्लोज) यहि कात्तिक १८ गते एक दिनको लागि गर्ने निर्णय गरेको छ । सो अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कायम इकाइधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












