नेप्सेमा थप ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत
२६ आश्विन २०७९, बुधबार १३:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।
कम्पनीको ३० प्रतिशत दरका कुल ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।












