नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा अझै आएन आवेदन, ब्रोकरमा एक कम्पनीको मात्रै आवेदन

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय अन्तिम समय सम्ममा पनि एउटा मात्रै आवेदन आएको छ। ब्रोकर लाईसेन्स आवेदनको लागि आजसम्म जम्मा एक कम्पनीको मात्र आवेदन परेको छ।
त्यस्तै, एक्सचेञ्जको चाँहि समयअवधि कात्तिक सम्म रहेको छ। त्यसमा पनि हालसम्म कुनै आवेदन नआएको बोर्डका डेपुटी कार्यकारी निर्देशक एवं प्रवत्ता रुपेश केसीले बताएका छन् । ब्रोकरको आवेदन असोज ३१ गतेसम्म दिन पाउनेछन् । अबको पाँच दिनसम्ममा ब्रोकरको लागि आवेदन दिन पाउनेछन् ।
त्यस्तै ब्रोडले नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक डिलर , र कमोडिटी एक्सचेन्जको लागि पनि लाईसेन्स खुला गर्दै असोज २ गते नै सूचना प्रकाशन गरेको थियो । तर हालसम्म स्टक एक्सचेन्ज, स्टक डिलर र कमोडिटी एक्सचेन्जको लागि कुनै पनि आवेदन नपरेको बोर्डले जनाएको छ।
बोर्डले स्टक ब्रोकर र स्टक डिलरको हकमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन दिईसक्न आग्रह गरेको छ । त्यस्तै स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको हकमा भने सूचना प्रकाशन भएको ४५ दिन भित्र आवेदन दिन भनेको छ।
बोर्डका अनुसार नयाँ ब्रोकर खोल्नका लागि भन्दै हिमालयन सेक्युरिटीज लिमिटेडले आवेदन दिएको छ । हिमालयन सेक्युरिटीजे सिमित कार्य गर्न भन्दै आवेदन दिएको छ ।
सिमित कार्य गर्नका लागि धितोपत्र दलालको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ हुनुपर्ने नयाँ व्यवस्था रहेको छ ।हिमालयनले सोमबार सिमित कार्य गर्नका लागि भन्दै बोर्डमा आवेदन दिएको सेबोनका प्रवक्ता रुपेश केसीले बताए ।
केसीका अनुसार अहिलेसम्म एउटा मात्रै कम्पनीले नयाँ ब्रोकर खोल्नका लागि आवेदन दिएको । नयाँ ब्रोकर खोल्नका लागि असोज ३१ गतेसम्म आवेदन दिन सकिने समय रहेको छ ।हिमालयनले नयाँ ब्रोकरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिससहित आवेदन दिएको केसीको भनाइ छ ।
असोज ३१ गतेसम्म उक्त अवधिसम्म आवेदन दिएका कम्पनीबाट योग्यलाई छनौट गरेर पूर्वाधार तयार गर्न अनुमित दिने र बोर्डले तोकेको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिने छ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते ३० दिन भित्र आवेदन दिन भन्दै सूचना जारी गरेको छ । त्यसको अवधि ३१ गतेसम्म रहेको छ ।
धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार सिमित कार्य गर्नका लागि न्यूनतम चुक्तापुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लािग १ अर्ब ५० करोड चुक्तापुँजी आवश्यक पर्छ ।












