सयपत्री हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
२७ आश्विन २०७९, बिहीबार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (सीपीएचएल) सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर आइतबारदेखि नै शेयरबजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुन कुनै कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि वास्तविक प्रतिशेयरको नेटवर्थको आधारमा ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सोही नेवटर्थको आधारमा नै उक्त रेञ्ज पाउने देखिएको हो ।












