नेपाल धितोपत्र बोर्डले खुलायो रोजगारको अवसर

२८ आश्विन २०७९, शुक्रबार ११:१४

काठमाडौं । शेयरबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको हो ।

सबोनेले निर्देशकदेखि बरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरेको हो । बोर्डले निर्देशक, सहायक निर्देशक, सहायक निर्देशक (सीए) तथा बरिष्ठ सहायक लगायतका पदमा आवेदन खुला गरेको छ । समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्ने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका उम्मेद्धवारले कात्तिक १७ गतेसम्म दरखास्त दिन सक्ने बोर्डले जनाएको छ । यस्तै, बोर्डकाअनुसार दोब्बर दस्तुर तिरेर कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*