कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली समिति गठन
३१ आश्विन २०७९, सोमबार १८:५७

काठमाडौं । बीमा सामितिले बीमा नियमावली बनाउनका लागि समिति गठन गरेको छ।कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली बनाउने समिति गठन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा छन् ।
अर्थमन्त्रालयले नियामावली गठन गरेसँगै बीमा समितिले नियमावलीको मस्यौदा बनाउने तयारीमा लागेको समितिका कार्यकारी निर्देशक पौडेल बताँउछन् ।हालको सरकार रह्दा नै नियामावली बनाउन सके सहजन हुने बीमा समितिको धारणा छ । हालको सरकारले यस नियामावलीको बारेमा विस्तृत जानकारी थाहा पाएको कारण सहज हुने समितिले जनाएको छ।
बीमा समितिले हालको सरकारले यस बीमाको मर्म बुझन सक्ने भन्दै प्रकृया अघि बढाउने कार्यमा लागि परेको छ । यस बिषयमा अर्थमन्त्रालय पनि सकारात्मक देखिन्छ ।













