२८ औं बार्षिकोत्सवमा एभरेष्ट बैंकद्धारा विशेष स्कीम सञ्चालन, २८० रुपैयाँ नगदै पाइने, अन्य के छन् सुविधा ?

काठमाडौं । यही कार्तिक १ गते स्थापनाको २८ औं बार्षिकोत्सवको अवसरमा विशेष स्कीम सञ्चालनमा ल्याएको छ । बैंकले आफनो बार्षिकोत्सवको अवसरमा आफना ग्राहकको लागि एनीभर्सरी अफर ल्याएको जनाएको छ ।
एभरेष्ट बैंकको २८ औं बार्षिकोत्सवको अवसरमा कात्तिक १ र २ गते अनलाइन खाता खोल्दा बैंकको तर्फबाट २८० रुपैयाँ तत्कालै नयाँ खातामा जम्मा हुनेछ । साथै सो दुई दिन नयाँ खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले एक वर्षसम्म निःशुल्क मोबाइल बैकिङ्ग सुधिवा समेत प्राप्त गर्नेछन् ।
एभरेष्ट बैंकले मुद्दति निक्षेप खातामा १२.१३ प्रतिशत ब्याज दिँदै आइरहेको छ भने रेमिट्यान्स मुद्दतिमा १३.५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । एभरेष्ट बैंकमा खाता खोलेर कारोबार गरिसकेपछि अनलाईनबाटै ऋण लिने सुविधा तथा अनलाईनबाटै एटिएम कार्डमा आवेदन दिन सकिन्छ । दशैभरि शाखा सञ्जाल भएको एभरेष्ट बैंंक सरल र उत्कृष्ट बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।
तलको लिङ्कमा क्लीक गरेर अनलाईन खाता खोल्न सकिनेछ ।












