राष्ट्रिय वाणिज्य बैंकद्धारा एक लाखको बीमा गराउन बीमा कम्पनीलाई बोलपत्र दाखिला गर्न आह्वान
१ कार्तिक २०७९, मंगलवार १०:४१
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक लाख रुपैयाँको बीमा गराउने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै १ लाख बीमाङ्क रकमको सामूहिक दुर्घटना बीमा लाभ ‘क’ बीमालेख बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएको हुँदा बीमा कम्पनीहरुलाई बोलपत्र दाखिला गर्न आह्वान गरेको हो ।
बैंकले बीमा कम्पनीहरुलाई कात्तिक ३० गतेसम्म बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्र दस्तुर, पेश गर्नुपर्ने कागजात, बोलपत्र बापत जमानत रकम, बोलपत्र खोल्ने मिति र समय तथा अन्य शर्तहरुको विस्तृत विवरण बैंकको वेबसाइटमार्फत बोलपत्र सम्बन्धि कागजातहरुबाट प्राप्त गर्न सकिनेछ ।












