मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ मा साधारण सभा गर्ने
१ कार्तिक २०७९, मंगलवार १५:३२

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, आर्थिक २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यसैगरी, आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ ।












