यमपञ्चकको दोस्रो दिन, आज कुकरको तिहार मनाइँदै
७ कार्तिक २०७९, सोमबार ०९:०५

काठमाडौंं । यमपञ्चकको दोस्रो दिन, आज कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।
काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।













