हिमालयन बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो
८ कार्तिक २०७९, मंगलवार १४:०३

काठमाडौं । हिमालयन बैंकको खुद नाफा १७।५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६२।६३ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २१।८७ प्रतिशतले बढेको बढेको छ ।
बैंकको हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा छ ।












